कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिइन्

२० असार, धनगढी

कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् ।

कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

मृत्युको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation