स्वर्गद्वारीमा स्ववियूको आयोजनामा वक्तित्वकला प्रतियोगिता !

जेठ,१९ प्यूठान।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पस पुन्यखोला प्यूठानमा वक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विधार्थी यूनियन स्वर्गद्वारी बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप विभागको आयोजना र स्ववियुको सहयोगमा अतिरिक्त क्रियाकलाप विभागको संयोजक केशर सुनारको अध्यक्षतामा वक्तित्वकला  कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै क्यापस प्रमुख गुन्ज बहादुर खडका

कार्यक्रममा प्रमुख अतिथी क्याम्पस प्रमुख गुन्ज बहादुर खडका विशेष अतिथी स्ववियू सभापती टेकराज केसीको  आतिथ्यता रहेको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापक,स्ववियू पदाधिकारी एवं सदस्य हरु लगायत विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै स्ववियू सभापति टेकराज केसी

“विपद व्यवस्थापनमा विद्यार्थीको भूमिका” शिर्षकमा भएको वक्तित्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने शर्मिला पुन मगरले प्रमाणपत्र र पुरस्कार द्वितीय स्थान हासिल गर्न खगी थापा क्षेत्रीले प्रमाणपत्र र पुरस्कार तृतीय स्थान हासिल गर्ने ममता गिरीले प्रमाणपत्र र पुरस्कार प्राप्त गर्न सफल भएका छन । त्यस्तै  पदम वुढा मगरले  सान्तवना स्थान हासिल गर्दै प्रमाणपत्र र पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

कार्यक्रम सन्चालनमा बोल्दै स्ववियू सचिव प्रेमबहादुर विश्वकर्मा

कार्यक्रमको सन्चालन भने स्ववियु सचिव प्रेमबहादुर विश्वकर्माले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation