काम सम्पन्न भएका योजनाहरुको भुक्तानी लगायतका माग राख्दै आन्दोलन सुरु गरेको निर्माण व्यावसायीले आज आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत निर्माण व्यावसायी संंघ प्युठानले जिल्ला प्रशासन कार्यालय प्युठान मा आज एक घण्टा धर्ना दिएको हो।
चरण्बद्ध आन्दोलन अन्तर्गत जिल्लामा पहिलो चरणको आन्दोलन कार्यक्रम गरिएको निर्माण व्यावसयी संघ प्युठानका अध्यक्ष नविन कुमार श्रेष्ठले बताउनु भएको छ।विभिन्न ९ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको ,जिल्लाका विभिन्न राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएको र आज जिल्ला प्रशासनमा धर्ना दिएको उहाँले बताउनु भयको छ ।माग पूरा नभए आन्दोलन शसक्त बनाउँदै जाने निर्माण व्यावसायी संघ प्युठानका अध्यक्ष नविन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ।
व्यावसायीले सम्पुर्ण आयोजनाहरुको म्याद थप गर्नुपर्ने,मूल्य समायोजन गर्नुपर्ने , उपभोक्ता समितीबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग राखेका छन्।
प्युठान जिल्लाका व्यावसायीले काम गरेबापतको रकम भुक्तानी पाउन सकेका छैनन् ।सडक डिभिजन कार्यालय ,खानेपानी तथा सर्सफाई दिभिजन कार्यालय र विभिन्न स्थानिय तहबाट ३० करोड बढी रकम निर्माण व्यावसाहिले भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यावसायी संंघ प्युठानका अध्यक्ष नवीन कुमार श्रेष्ठले बताउनु भएको छ। १८/२० करोड सडक डिभिजन कार्यालयमा,१३ करोड चानचुन खानेपानी डिभिजन र २/३ करोड स्थानिय निकायबाट भुक्तानी लिन बाँँकि रहेको छ । `अध्यक्ष श्रेष्ठले भन्नुभयो,´जसले गर्दा अहिले निर्माण व्यावसयीहरु अप्ठ्यारोमा परेका छन्।´