पीएसएलमा पनि बिकेनन् नेपाली क्रिकेटर

बुधबार राति सम्पन्न ड्राफ्टमा कुनै पनि सहभागी टिमले नेपाली क्रिकेटरप्रति रुची नदेखाएका हुन्।

पाकिस्तान सुपर लिगका लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका थिए।

सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख, आशिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी ड्राफ्टमा थिए।

पीएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर ग्लाडर्स, मुल्तान सुल्तान, पेसेवर जल्मी, क्वेटा ग्लाडियटर्स गरी ६ टिम सहभागी छन्। प्रतियोगिता फागुन १३ देखि चैत ५ गतेसम्म सञ्चालन हुने तालिका छ।

यसअघि सन् २०२४ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अन्तिम सूचीमा पनि नेपाली खेलाडी परेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation