![](https://pranmancha.com/wp-content/uploads/2023/12/20231230_142533-scaled.jpg)
प्युठान १४ पुष।साहित्य परिषद प्युठानले आगामी माघ ३ गते २९औं स्थापना दिवस मनाउने भएको छ।साहित्य परिषद प्यूठानको पुष ६ गते बसेको स्रस्टा छनोट समितिको बैठकको निर्णयबाट विभिन्न विधाका स्रस्टाहरुलाई विधा अनुसारका पुरस्कारद्वारा सम्मान गरिने भएको छ।
जसमध्ये भुपेन्द्र स्मृति पुरस्कारद्वारा विजयराज आचार्य र शशिधर भण्डारी,मिना साहित्य पुरस्कारद्वारा सिता बि.क,ठगिदेवी साहित्य पत्रकारिता पुरस्कारद्वारा सुशील पोख्रेल,नवप्रतिभा पुरस्कारद्वारा लोकेन्द्र जिसी र कर्नेल नर लिला साहित्य पुरस्कारद्वारा रामप्रसाद पोख्रेल सम्मानित सुचीमा परेको साहित्य परिषद प्युठानकि कार्यवाहक अध्यक्ष बिमला खनालले प्राणमन्चलाई बताउनुभयो।