Pranmancha

Advertisment

SKIP THIS

भिएन स्कूल एण्ड कलेजको ३३ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न  

३ माघ, घोराही

दाङको घोराही -१५ मा रहेको भिएन स्कुल एण्ड कलेजको  ३३ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । स्कूलले मंगलबार विद्यालयकै प्रांगणमा एक कार्यक्रमको आयोजना गरी आफ्नो ३३ औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षताको भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणी चौधरीले विद्यार्थीको प्रस्तुति र ब्यानरमा लेखिएको नाराबाटै विद्यालयले व्यवहारिक र गुणस्तरीय शिक्षा प्रदान   गरिरहेको बताए । उनले विद्यालयले संस्कारसँगै प्रविधिलाई पनि जोड्न सके शिक्षण सिकाइ  थप प्रभावकारी बन्ने  कुरामा जोड दिए ।

अभिभावक, विद्यार्थी र शिक्षकको समन्वय र सहकार्य भएमात्र विद्यालय र विद्यार्थी सफल हुने उनको भनाइ छ । विद्यालय सञ्चालक र व्यवस्थापन टिमले  सही व्यवस्थापनका साथ विद्यालयलाई  मार्गनिर्देशन गरेमा विद्यालय जिल्ला मात्र नभएर प्रदेशमै उत्कृष्ट बन्न सक्ने इकाइ प्रमुख चौधरीको जोड थियो ।

नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष तथा घोराही बनाउन अभियानका संयोजक सविन प्रीयासनले यो विद्यालयले धेरै प्रतिभावान विद्यार्थीहरु उत्पादन गरेको बताए । दाङमा पत्रकार जन्माउनको लागि यो विद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले विद्यालयलाई हार्दिक बधाई ज्ञापन गरे ।

घोराही बनाउन अभियानले समाज र देश परिवर्तन गर्नका लागि काम गर्ने भन्दै  दाङमा सबैभन्दा पहिले  शैक्षिक क्षेत्रको सुधारका काम गर्ने र देशमा शिक्षा नीति फेरेर मात्र शिक्षा क्षेत्रलाई उत्कृष्ट बनाउन सकिने संयोजक प्रीयासनको भनाइ छ ।

शिक्षाविद गोबिन्द प्रसाद न्यौपानेले यो विद्यालय प्रस्कृत र विकास चरणमा अगाडि बढिरहेको बताए  । संस्थालाई राम्रो बनाउन टिम वर्क सक्षम, सबल र दक्ष हुनुपर्ने भन्दै उनले अहिले युग डिजटलको युग भएको हुँदा विद्यालयलाई डिजिटलाइज गर्नुपर्ने कुरामा जोड दिए ।  देशको अवस्थाले गर्दा प्यलटु पश्चात्  विद्यार्थीहरुले देश छोड्ने लहर बढेको भन्दै अब विद्यालयले दक्ष जनशक्ति उत्पादनमा विशेष जोड दिनुपर्ने शिक्षाविद न्यौपानेको भनाइ छ ।

विद्यालयका कोर्डिनेटर शान्तिदेवी हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा डा. लोकराज पराजुली, शिक्षा संयोजक सीताराम केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नयाँ टिम र नयाँ व्यवस्थापनको साथ संचालन आएको  यो विद्यालयमा अहिले ६ सय विद्यार्थीहरु अध्ययनरत रहेका  छन् । विद्यालयमा प्लेग्रुपदेखि १२ कक्षासम्म पढाइ   संचालनमा रहेको छ ।

वार्षिकोत्सवको अवसरमा  विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थी युनिका चौधरी, दीप आचार्य र  प्रज्वल गौतम , अनुशासित विद्यार्थी  सुनित चौधरी, सफा सुग्घर तथा सुन्दर विद्यार्थी प्रसन्या रुचाल, बहुमुखी प्रतिभाशाली विद्यार्थी प्रीसा हमाल, प्रतिभाशाली तथा गतिशील विद्यार्थी दिपसन बोहरा, बेष्ट उत्कृष्ट विद्यार्थी प्रशंसा पौडेल पुरस्कृत तथा सम्मानित भएका थिए ।

त्यस्तै विद्यालयले २०७९ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो ।

कार्यक्रमलाई सभ्य, भब्य र रमणीय बनाउनका लागि विद्यार्थीहरुले आ- आफ्नो संकृति झल्किने खालका एकल तथा सामूहिक नृत्य र विभिन्न खेलहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण   विद्यालयका शिक्षक  केशव गौतमले   गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation