सुशासन,पारदर्शिता र मितव्ययि शासनको प्रत्याभुत गर्नेछौँ – ज्ञामुराम न्यौपाने

     गाउँवासी  न्यायप्रेमी जनसमुदायहरुः        

– कृषि क्षेत्रको आधुनिकिकरण र बजारीकरण, कृषी क्षेत्रमा सिंचाईको व्यवस्था
– गुणस्तरिय शिक्षासहित सामुदायिक विद्यालयहरुको सुधार र क्याम्पस स्थापना, प्युठान–बाग्लुङ सडकको निर्माण
– सडकहरुको स्तरवृद्धि र विस्तार, पालिमा स्तरिय अस्पताल निर्माण, गौमुखी–नौबहिनी संरक्षित बनको सही कार्यान्वयन
– मौजूदा पर्यटन क्षेत्रको सौन्दर्यकरण,त्यहाँ पुग्ने पहुँच मार्गको निर्माण र प्रचार प्रसार
– सहकारी संस्थाहरूको एकीकृत सञ्चालन,सामुदायिक वनको सही सञ्चालन र नियमन
– गाउँपालिका केन्द्रको समुचित विकास,बजारहरूको आधुनिकीकरण, झिमरुक नदी नियन्त्रण,स्थानिय उत्पादनमा जोड
– सुशासन ,पारदर्शिता र मितव्ययिता, समाजसेवामा अधिकतम जोड
– कामरेड खगुलाल गुरुङ, धिर्जबहादुर अर्गेजा घर्ती मगर र टेक बहादुर सुनारको राजनीतिक एवं सामाजिक योगदानहरुको उच्च मुल्याङ्कन गरि स्मृति चोक, सालिक तथा उनीहरुको नाममा पार्कहरुको निर्माण गर्ने

गाउँपालिकाको परिचयः प्यूठान जिल्लाको उत्तरी भूगोलमा अवस्थित यस पालिकामा साविकका अर्खा,रजवारा,पुजा, खुङ,नारिकोट गा.बि.स. र लिवाङको वार्ड नं १ देखी ६ मिलाएर गौमुखी गाउँपालिका बनेको छ। यस पालिकाको नामाकरण प्यूठानको दोस्रो पर्यटकीय स्थल तथा झिमरुक नदीको उदगम स्थान गौमुखी (गाइकोमुख आकृतिबाट पानी निस्कने मुहान)को नामबाट नामाकरण गरिएको हो। यस पालिकामा आबद्ध अर्खा,राजावारा र पुजा गाउँ २०३२ साल माघ भन्दा अघि बाग्लुङ जिल्लामा पर्दथे। गौमुखी गाउँपालिका १३९.०४ वर्ग किलोमिटर (५३.६८वर्ग माईल) क्षेत्रफलमा फैलिएको छ। सातवटा वडा, पन्ध्र जना कार्यपालिका सदस्य र ३७ गाँउसभासद रहने गरि राजनैतिक विभाजन गरिएको छ। हाल पाँच हजार एक सय घरधुरी र २०७८ को जनगणना अनुसार यहाँको जनसंख्या २६ हजार रहेको छ। समुन्द्र सतहदेखी न्यूनतम १०६१ मीटर उचाइको कोइराफाँट र अधिकतम ३२७८ मिटर उचाइको ठुलीनाङ्गी लेक यस पालिकाको सर्वोच्च हो। पानीको लागि धनी मानिने यस पालिकाको अधिकांश भू–भाग माहाभारत पहाडी श्रृङ्खलामा अवस्थित छ। चार रङ्गका लालीगुराँस फुल्ने यहाँका अग्ला पहाडहरूमा हिउँद महिनामा हिउँले ढाकेर पहाडको रङ्ग नै सेताम्य बनाइदिन्छ। पालिकामा जातिगत आवादी हेर्दा क्रमसः जनजाती,दलित,क्षेत्री,सन्यासी,ठकुरी र बाहुनहरूको बसोबास रहेको छ।
मुख्य पर्यटकीय स्थलहरूः

गौमुखी,झाक्रीढुङ्गा,बाइसमुल झरना,आठ जना क्रान्तिकारीहरुले सहादत प्राप्त गरेको बाईचौर, ठूलीनाङ्गी,सानीनाङ्गी,दुईबहिनी,तामाखानी,सतीबोइको मन्दिर पुजा,दहबासे,रानीताल,कैलाशदह,गोद्रेचौर,तिनवटा पालिकाको संगम दिहाल्नाचौर,फापर छर्ने चौर,तामाङ गुम्बा,(अर्खा)पोखराथाम चौर (रजवारा) रुपाचौर, सुपादेउराली (खुङ)आदी रहेका छन्। रजवारा र अर्खाका घना जनजाति घर र बस्तीहरु,बाग्लीबाङ,जारगाउँ,ढाँडखानी, अर्खाडाँडागाँउका कठिनाइसँग जुधिरहेका दलित बस्तीहरू ज्यादै मौलीक लाग्दछन्। खुङ्को ठकुरी संस्कृति,थनिकाको तामाङ संस्कृति,बाग्लीवाङको दलित संस्कृति,नारीकोटको पुरीहरुका घर र संस्कृति विशेष आकर्षक लाग्दछन्। रजावाराका खेलाडीको खेलप्रेम,लिवाङका अथक परिश्रमी किसान,नारीकोटको फाँटको सुन्दरता यहाँको वैभव हुन्।
अर्थतन्त्र र आयस्रोतः

यहाँको अर्थतन्त्र कृषिमा आधारित छ। “लगानी भन्दा उठानी कम“ ऋणात्मक उत्पादन रहेको कृषि पेशामा विभिन्न अन्नखेती,पशुपालन,फलफूल खेतीका अलवा ज्याला मजदुरी,वैदेशिक रोजगार,सरकारी जागीर,विकास बजेट आदी रहेका छन। सारांशमा यहाँको आयश्रोत कमजोर छ।
चाडपर्वहरुः

गौमुखी मेला,भुमेपुजा,कुलपुजा÷देउलीहरु,अर्खाको लाटानाँच,दसैँ तिहार,देउराली पुजा,फागु र बौद्धपूर्णिमा, जेठासी पुन्यु,जेठ २० को मेला,लोसार आदि रहेका छन्।
शिक्षाः

कक्षा १२ सम्म पढाई हुने यस पालिकाका ४५ वटा विद्यालयमा ९ हजार वढी बिद्यार्थी अध्यनरत रहेका छन्। कक्षा १२ सम्म जाँदा विद्यार्थी टिकाउ दर १७.२ प्रतिसतको चिन्ताजनक आँकडा रहेको छ। मौजूदा माध्यमिक विद्यालयहरुमा कक्षा ११ र १२ संचालन गर्नुको साथै स्नातक तहको क्याम्पसको आबस्यकता बढ्दै गएको देखिन्छ भने कमजोर भू–धरातल र उच्च पहाडी भूभागको कारण प्राकृतिक प्रकोपको रूपमा यहाँ बाढी,पहिरो,चट्याङ,हावाहुरी असिना,हिउँ आदि बाट बर्सेनि क्षति बेहोर्नुपर्दछ।
मुख्य समस्याहरुः भौगोलिक विकटतामा झेलिएका कठिन बस्तीहरूमा आयस्रोतको अभाव,ग्रामीण गरिबी र बेरोजगारी,परम्परागत कृषि प्रणाली,ऋणात्मक कृषि उत्पादन,सिंचाईको अभाव,अशिक्षा अस्पताल,क्याम्पसको अभाव,कच्ची असुरक्षित सडकहरु,गुणस्तरहिन निर्माण,सरकारी बजेटमा अपारदर्शिता,भ्रष्टाचार,राजनैतिक पूर्वाग्रह,रक्सी जुवाको कुलत,बसाईसराई,ढौटाल्ललिने आदी रहेका छन।
गौमुखीबासिको समृद्धिको लागि हामीले गर्नैपर्न कार्यहरुः


– कृषि क्षेत्रको आधुनिकिकरण र बजारीकरण, कृषी क्षेत्रमा सिंचाईको व्यवस्था
– गुणस्तरिय शिक्षासहित सामुदायिक विद्यालयहरुको सुधार र क्याम्पस स्थापना, प्युठान–बाग्लुङ सडकको निर्माण
– सडकहरुको स्तरवृद्धि र विस्तार, पालिमा स्तरिय अस्पताल निर्माण, गौमुखी–नौबहिनी संरक्षित बनको सही कार्यान्वयन
– मौजूदा पर्यटन क्षेत्रको सौन्दर्यकरण,त्यहाँ पुग्ने पहुँच मार्गको निर्माण र प्रचार प्रसार
– सहकारी संस्थाहरूको एकीकृत सञ्चालन,सामुदायिक वनको सही सञ्चालन र नियमन
– गाउँपालिका केन्द्रको समुचित विकास,बजारहरूको आधुनिकीकरण, झिमरुक नदी नियन्त्रण,स्थानिय उत्पादनमा जोड
– सुशासन ,पारदर्शिता र मितव्ययिता, समाजसेवामा अधिकतम जोड
– कामरेड खगुलाल गुरुङ, धिर्जबहादुर अर्गेजा घर्ती मगर र टेक बहादुर सुनारको राजनीतिक एवं सामाजिक योगदानहरुको उच्च मुल्याङ्कन गरि स्मृति चोक, सालिक तथा उनीहरुको नाममा पार्कहरुको निर्माण गर्ने
गाउँपालिकाको गतिविधीः

२०७३ सालमा गाउँपालिका स्थापना भएपछि स्थानीय विकास निर्माणमा केही सहजता उत्पन्न भयको छ। २०७४ असारमा भएको स्थानिय निर्वाचनपछि गाउँपालिका सञ्चालनको सिकाइ अनुभव संगाल्दै बाटोघाटो, स्वास्थ्य सेवा, खरको छाना हटाउन कर्कट पाता वितरण, वार्ड भवनहरूको निर्माण र केही विद्यालय भवनहरू समेत निर्माण भएका छन्। गएको पाँच वर्षमा गाउँपालिकालाइ दुई अरब भन्दा बढी बजेट प्राप्त भएको छ। आर्थिक पारदर्शिता र वित्तीय सुशासनबिना कुनै संस्था सफल हुन सक्दैन। स्थानीय शासन संचालन ऐन अनुसार न्यूनतम रूपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई ०७७ भाद्रपछि यस पालिकामा गरिएको छैन। हरेक चौमासिक अवधि बितेको १५ दिनभित्र गाउँपालिका र वार्डले सार्वजनिक सुनुवाई गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। यहाँ रहेका वार्डहरुले त गत पाँच वर्षमा एकपटक सम्म सार्वजानिक सुनुवाई गर्न चाहेनन्। यसरी ऐन नियम मिचेर मनपरी शासन संचालन गर्नु राम्रो होइन। आर्थिक वर्ष २०७६–७७ मा महालेखा परीक्षकले आलोचना गरेका केही गम्भीर विषयमा हाम्रो ध्यान जानु आवश्यक छ। जस्तै एक आर्थिक बर्षको खाना खर्च १८ लाख ८९ हजार। अनुगमन खर्च १८ लाख ७२ हजार,इन्धन खर्च १४ लाख (डोजर बाहेक)।आर्थिक सहायता १३ लाख ५८ हजार,मर्मत खर्च आठ लाख,आ.ब.०७६–७७ मा कृषि क्षेत्रमा विनियोजित एक करोड भन्दा बढी बजेटको गा. पा. ले रकमान्तर गराउँदा किसानहरू निरास भएका थिए। ०७७–७८ सम्म गाउँपालिकाको बेरुजु ३ करोड ९७ लाख रहेको छ। चालु खर्च ५१ प्रतिसत र विकाश बजेट ३२ प्रतिसतमा सिमित रहेको छ। गाउँपालिका अस्पताल भवनको ठेक्का बिना आर्थिक प्रतिस्पर्धा सेटिङमा दिएको बिषय अझै बिबादित बनिरहेको छ। अन्य पालिकाहरुले प्रशासनीक भवन निर्माण गरेर नयाँ भवनबाट कार्यसम्पादन गरिसकेको अवस्थामा यस पालिकाले भबनको सुरुवातसम्म गर्न सकेन। कृषि,शिक्षा र पशुपालनको क्षेत्रमा न्युन बजेट अर्को समस्या बनेको छ । यहाँ बिद्यमान कठिन जीवनयापन,ग्रामिण गरिबी,बेरोजगारी,पछ्यौटेपन,अशिक्षा, अन्धविश्वास,प्रतिकूल भूगोल हाम्रा साझा समस्या हुन्। गौमुखी गाउँपालिकाको विकास र उन्नतिमा हामी सबैको साझा प्रयास रहनु आवश्यक छ। यहाँ शासन गर्नेहरुले विकासको सवालमा सबैलाई सहभागी बनाउँदै सुशासन र मितव्ययीतालाइ आफ्नो अभिन्न अङ्ग बनाएर लैजानु जरुरी छ। धन्यवाद

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation