गठबन्धन बिरुद्ध आइलागे एमालेहरु ! सरुमारानीमा झडप: चार घाइते, दुईको जनाकाे अवस्था गम्भीर


प्यूठान, स्थानीय तहकाे निर्वाचन हुन अब ८ दिन बाँकी छ । दलका नेता तथा उम्मेदवारहरु नयाँ -नयाँ अाश्वासनका पाेकाहरु बाेकेर जनताकाे घरघरमा ठुलाे हुलमुलका साथ पसिरहेका छन् । राजनीतिक संस्कार, चेतना र विचारमा शुन्यता भएपछि के हुन्छ ? साम, दाम, दण्ड र भेदकाे बुर्का अाेढेर चुनावी मैदानमा उत्रिएका दलहरु अन्ततः कुटपिटमा उत्रिएका छन् । यसै सिलसिलामा अाज प्यूठानको सरुमारानी गाउँपालिका ६ मा चुनाव प्रचारका क्रममा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलले संयुक्त कार्यक्रम सञ्चालन गरिरहेको स्थानमा एमाले कार्यकर्ताहरूले अभद्र व्यवहार गर्दै अाइलागेपछि दुई समूहबीच झडप भएको हो जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

झडपका क्रममा गठबन्धनका चारजना कार्यकर्ता घाइते भएको घटनास्थलमा रहेका कांग्रेस जिल्ला कार्यसमिति सदस्य नेत्रमणि पोखरेलले जानकारी दिए । चार जनामध्ये दुईको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि दर्भान लगिएको पोखरेलले बताए ।
दुई समुहबिच झडप हुँदा गठबन्धनका ४ जना घाइते केही कार्यकर्तालाई एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएको उनले दाबी गरे । गठबन्धनको कार्यक्रममा आएर एमाले कार्यकर्ताले गठबन्धन मूर्दावाद लगायतका नारा लगाएको र कार्यक्रम सकिएपछि फर्कने क्रममा बाटो माथिबाट एमाले कार्यकर्ताले आक्रमण गरेको पोखरेलले आरोप लगाए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता सुशील थापामगरले झडप खबर आए पनि घटनास्थलमा प्रहरी पुगिनसकेको बताए । अस्थायी प्रहरी पोष्ट बड्डाँडा, इलाका प्रहरी चौकी बिजुवार र जिल्ला प्रहरी कार्यालय गरी तीन स्थानबाट प्रहरी घटनास्थलतर्फ लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation