Pranmancha

Advertisment

SKIP THIS

गठबन्धन २० वर्षसम्म टिक्छ, ढुक्क भएर हामीलाई भोट हाल्नुस्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा कांग्रेस–माओवादी गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताएका छन् । तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०र२० वर्ष गठबन्धनलाई कायम राख्ने उनको प्रतिवद्धता छ ।

बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले २०७४ मा गठबन्धन तोड्नुको कारण सुनाए । मधेसका साथै चितवनमा पनि भोट ट्रान्सफर नभएकाले कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेर गठबन्धन गरेको उनले बताए ।

कांग्रेस नेता टेकप्रसाद गुरुङको नाम लिएर उनले भने, ‘तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ । ’

‘यो राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यक हो भनेर चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो भने मात्र म उत्साहित हुनेछ र यो गठबन्धनलाई १०(१५(२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ’ प्रचण्डले भने ा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation