पाँच निकायमा पुरानै अनुहार, कस्ले मार्ला बाजी, मतदाताले रुचाउलान् उनैलाई ?


बैशाख ३० गते हुनगइरहेका स्थानीय तहको निर्वाचनमा प्यूठानका पाँच वटा गाउँपालिकामा पुरानै अनुहार पूनः अध्यक्ष बन्ने दौडमा छन् । दुइ नगरपालिका र सातवटा गाउँपालिकासहित जम्मा नौ वटा स्थानीय तह रहेको प्यूठानमा नेकपा एमालेबाट जितेका दुई र नेपाली कांग्रेसले जितेका तीनवटै गाउँपालिका अध्यक्ष पूनः दोहोरिने दौडमा लागेका हुन् । उनीहरु घरदैलोमा पुगेर फेरी मतदान गर्न मतदातासँग आग्रह गरिरहेका छन् ।

एमालेले जितेको सरुमारानी गाउँपालिकामा अध्यक्ष झग बहादुर विश्वकर्मा, माण्डवी गाउँपालिमा श्रीधर रोका अध्यक्ष पदमा उमेदवार छन् । जिल्लाका दुई वटै गाउँपालिकामा पहिलो कार्यकालमा गरेको राम्रो कामका आधारमा फेरी टिकट दिइएको एमाले प्यूठानले जनाएको छ । सरुमारानीमा उमेदवार बनेका विश्वकर्मा एमाले प्यूठानका उपाध्यक्ष र माण्डवीका रोका पार्टीका जिल्ला उपसचिव हुन् । जिल्लामै राम्रो काम गरेको भन्दै माण्डवी अहिले पनि विवादरहित पालिकाभित्र पर्ने गरेको छ । एमालेले यी दुवै गाउँपालिका आफूले जित्ने सूचिमा पारेको छ ।

त्यस्तै, कांग्रेसले यसअघि जितेको गौमुखी गाउँपालिकामा विष्णुकुमार गिरी अध्यक्षमा पूनः उमेदवार बनेका छन् । कांग्रेसका जिल्ला सभापती समेत रहेका गिरी माओवादीसँग मिलेर चुनाव लडेका छन् । सत्ता गठवन्धनमा रहेको राष्ट्रिय जनमोर्चालाई गौमुखीमा कांग्रेस, माओवादीले सहभागी गराएनन् । कांग्रेसका नेता एवं निर्माण व्यवसायी शोभाराम न्यौपानेले टिकट पाउने चर्चा भएपनि पार्टीले गिरीलाई उठाएको छ । गौमुखीका कांग्रेस चुनावी मैदानमा दुई धुव्रमा विभाजित भएको देखिएको छ ।

ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाह पनि फेरी अध्यक्षका उमेदवार बनेका छन् । यहाँ राष्ट्रिय जनमोर्चासँग कांग्रेसको तालमेल छ । मिठो बोलीले मतदाताको मन जित्ने शाहसँग खुबी देखिन्छ । नौवहिनी गाउँपालिका बाहानेमा शिव रिजाल अध्यक्ष उमेदवार बनेका हुन् । यहाँ यसअघिकै उमेदवारहरुबीच चुनावी प्रतिस्पर्धा छ । माओवादीसँग कांग्रेसको तालमेल भएको छ । रिजाल नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् । उनी जिल्ला सभापतीमा दुई पटकसम्म उठेर पराजय भएका थिए । केसर रोकाको सहयोमा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation