Pranmancha

Advertisment

SKIP THIS

अमेरिकामा टिकटक बन्द!

चिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटक अमेरिकामा चल्न छाडेको छ । सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ ।

छोटा भिडियोका लागि चर्चित टिकटकको चिनियाँ स्वामित्व ६ महिनाभित्र बिक्री नगरे प्रतिबन्ध हुने गरी अमेरिकाको ‘हाउस अफ रिप्रिजेन्टेटिभ’मा विधेयक पारित भएको थियो ।

तर, यसविरुद्ध अमेरिकी अदालतलमा मुद्दा समेत परेको थियो । यद्यपि, पछिल्लो समय अदालतले प्रतिबन्धको निर्णय सदर गरिदिएपछि टिकटकले सूचना जारी गरेर अमेरिकामा सेवा बन्द गरेको हो ।

न्यूयोर्क टाइम्सले उल्लेख गरेअनुसार, अमेरिकी संघीय कानून अनुसार आइतबारबाट टिकटकमाथि प्रतिबन्ध लाग्दै थियो । तर, केही समयअघि टिकटकले सूचना जारी गरेर एप्लिकेशन नचल्ने बनाएको हो ।

‘अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानून लागू गरिएको छ, दुर्भाग्यवश, यसको मतलब तपाईंले अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न । हामी भाग्यशाली छौं कि राष्ट्रपति ट्रम्पले पद सम्हालेपछि टिकटक पुनःस्थापना गर्न समाधन गर्न हामीसँग सहकाई गर्ने संकेत गरेका छन् । कृपया अपडेटका लागि पर्खनुस्’, अमेरिकी प्रयोगकर्ताले टिकटक खोल्ने वित्तिकै यो सूचना देखाइएको छ ।

राष्ट्रपतिका रुपमा पदभार ग्रहण गर्नुअघि ट्रम्पले टिकटकलाई थप ९० दिन समय दिनसक्ने बताएका थिए । सोमबारबाट उनले जिम्मेवारी सम्हाल्दैछन् । एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले शनिबार भनेका थिए, ‘मलाई लाग्छ, टिकटकलाई थप ९० दिन समय दिने निर्णय उपयुक्त हुनसक्छ, मैले त्यो निर्णय गरेँ भने सोमबार घोषणा गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation