Pranmancha

Advertisment

SKIP THIS

गुरुकुलका विद्यार्थीद्वारा विज्ञान प्रदर्शनी

१४ माघ, घोराही

गुरुकुल एकेडेमीका विद्यार्थीहरुले विज्ञान सामग्री प्रदर्शनी गरेको छन् । विद्यालयको १० औं बार्षिक उत्सवको अवसरमा गुरुकुल एकेडेमी घोराही , लमही र तुलसीपुरका विद्यार्थीहरुले बनाएका बैज्ञानिक सामग्रीहरको शनिबार एक कार्यक्रमकाबीच प्रदर्शन गरेका हुन् ।

कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरुले विज्ञान प्रदर्शनीमा भाग लिएका थिए । विद्यालयले एक औपचारीका कार्यक्रम गरेर विज्ञान प्रदर्शनी गरेको हो ।

विज्ञान प्रदर्शनीको अवलोकन गर्दै प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले आफूले प्रदर्शनीबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले विज्ञान प्रदर्शनी , प्रदर्शनी मात्र नभएर प्रतिस्पर्धा भएको कारणले विद्यार्थीहरुलाई अझ धेरै कुराहरु बनाउनको लागि उत्सुकता जागेर आउने बताए । कुनैपनि बैज्ञानिकहरु एकै पटकमा सफल नहुने भन्दै असफलतापछि पक्कै पनि सफलता मिल्ने भएको हुनाले विद्यालय र विद्यार्थीहरुलाई नियमित कार्यमा लाग्न सुझाव समेत दिए ।

बैज्ञानिक एडिसनको उदाहरण दिँदै उपलब्ध भएका सम्पुर्ण कुराहरुको सदुपयोग गदै अगाडि बढ्नुपर्ने बताए । गुरुकुलका विद्यार्थीहरुको रचनात्मक काम देखेर यो प्लेटफर्म उपलब्ध गराउने गुरुकुल एकेडेमी पक्कै धन्यवादको पात्र हो, अधिकारीले भने ।
यस्तै कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले एउटा बालकलाई कसरी पूर्ण मानव बनाउन सकिन्छ भन्ने हेतुले विद्यालयले विज्ञान सम्बन्धिका कुराहरुमा पनि सहभागि गराउने गरेको बताए। कुनैपनि विद्यालय राम्रो कि नराम्रो भन्ने बारेमा विद्यालयले विद्यार्थीहरुलाई कस्तो प्लेटफर्म प्रदान गर्छ भन्ने कुरा अग्रपंक्तिमा आउने बताए । फरक ढंगले सोच्ने क्षेमताको बिकास हुने भन्दै बालबालिकाले बनाएका रोचक तथा हेर्न लायकका सामग्रीहरु विश्लेषणात्मक तरिकाले हेर्न सक्ने जनशक्ति उत्पादन तर्फ विद्यालयले ध्यान दिएको पनि उनले बताए। गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले पनि शुभकामना मन्तब्य राखेका थिए ।

विज्ञान प्रदर्शनीमा हवाइजहाज , ड्रोन क्यामरा , लुम्बिनि प्रोजेक्ट हल , क्ल्याप स्विच स्टिक फर ब्लाइन्ड पर्शन , स्मार्ट सिटी ,एसि , कुलर , सोलार कुकर , वाटर साइकल , सेभ द अर्थ लगायतका सामग्रीहरु बनाएर राखिएको थियो ।

गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक जितबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation