Pranmancha

Advertisment

SKIP THIS

राप्ती बाल एकेडेमीकाे वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

१३ माघ, तुलसीपुर

राप्ती बाल एकेडेमीको १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विविध खेलकुद तथा सांस्कृतिक प्रदर्शनीबीच विद्यालयकाेे कार्यक्रम भव्य रुपमा गरिएको विद्यालयका प्रिन्सिपल ठाकुर डाँगीले बताए । साेही अवसरमा बाेल्दै सहभागीले शिक्षा भनेको नयाँ कुरा सिक्ने र जीवन जिउने कलाको विकास गर्ने माध्यम बन्नुपर्नेमा जाेड दिए ।
आधुनिक युगसँगै अबको शिक्षा व्यवहारिक र समय सापेक्ष हुनुपर्ने सहभागीले बताएका छन् । नेपाली संस्कारमा आधुनिक शिक्षा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विगत १६ वर्ष पहिले स्थापना भएको राप्ती बाल एकेडेमी गाईडरहरको कार्यक्रममा बाेल्दै अबको शिक्षा रोजगारीमूलक र व्यवहारिक हुनुपर्नेमा वक्ताहरुकाे जाेड रह्यो ।

राप्ती बाल एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार पाण्डेको अध्यक्षता तथा एनप्यावसनका केन्द्रीय उपाध्यक्ष सुवोधकुमार डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीले राप्ती बाल एकाडेमीले तुलसीपुरमा छुटै पहिचान स्थापित गरेको बताएका थिए । सहभागीले नयाँ संस्कार र व्यवहारिक शिक्षा विद्यालयले दिइरहेको भन्दै अन्य जीवनपयोगी कला पनि सिकाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले विद्यार्थीलाई किताबी ज्ञानसँगै अन्य संस्कार संस्कृति र परम्परागत कुराको पनि त्यतिकै ज्ञान दिन आवश्यक रहेको बताए । ‘अबको शिक्षा व्यवहारिक हुन आवश्यक छ किताबी ज्ञानले मात्र हुँदैन त्यसमा अन्य ज्ञान सिप र विद्यार्थीलाई नैतिक ज्ञान पनि दिन आवश्यक छ’ डाँगीले भने । त्यस्तै उनले विद्यार्थीलाई विद्यालयमा पठाएर मात्र नहुने भन्दै शिक्षक, अभिभावक तथा विद्यार्थीको त्रिकोणात्म सम्बन्धले मात्र शिक्षामा सुधार हुने बताए । त्यस्तै डाँगीले निजी क्षेत्रको लगानीबाट सञ्चालन भएका विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेका बताए ।

‘नेपालबाट धेरै जनशक्ति बाहिरिने गरेको छ अब त्यसलाई रोक्न र नेपालमै टिकाउने र बिक्ने शिक्षा दिन आवश्यक छ’ डाँगीले भने । कार्यक्रममा विशिष्ट आतिथि मानव अधिकारकर्मी शुशिल बस्नेतले तुलसीपुर क्षेत्रमा स्थापित राप्ती बाल एकडेमीले किताबी ज्ञानसँगै अन्य संस्कृति संस्कार र पहिचानको संरक्षणमा पनि ज्ञान दिएको आफूले पाएको बताए । ‘मैले यहाँ बेग्लै अवस्था देखे विद्यार्थीले किताबी ज्ञानसँगै विभिन्न माध्यमबाट अन्य ज्ञान पनि हासिल गरेको महसुस मलाई भयो’ उनले भने । त्यस्तै उनले अब जलवायु परिवर्तन, व्यवहारिक, सांस्कृतिक कला परम्पराको संरक्षणका साथै पाठ्यक्रममा अन्य व्यवहारिक कुरा समावेश गर्न आवश्यक रहेको बताए ।

त्यस्तै समाजसेवी रामबहादुर जिसीले अबको शिक्षा गुणस्तरीय र नेपालमै बसेर देशको सेवा गर्ने र विकास गर्ने हुनु पर्ने बताए । उनले अब रोजगारीमूलक शिक्षा आवश्यक रहेको पनि बताए । कार्यक्रममा राप्ती बबई क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्थेेले गुणस्तरीय शिक्षाका लागि सबैको प्रयास आवश्यक रहेको बताए ।

त्यस्तै सामाजिक अभियान्ता व्यवसायी विमल रिजालले अबको शिक्षा व्यवहारिक र जीवनपयोगी हुनु पर्ने भन्दै नेपालमै बसेर सेवा गर्ने वातावरण निर्माण गर्नु पर्ने बताए । उनले राप्ती बाल एकडेमीले तुलसीपुरमा संस्कार सहितको शिक्षा दिएको बताए । त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसी, मानव अधिकार तथा शान्ति समाजका दाङका सभापति कमल डाँगी, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, अभिवावक बसन्त हमालले अबको शिक्षा नेपालमै बिक्ने र टिक्ने हुन आवश्यक रहेको बताए ।

विद्यालयका संस्थापक प्रिन्सिपल सूर्यप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल ठाकुरप्रसाद डाँगीले विद्यालयका वार्षिक प्रगति विवरण र आगामी कार्यक्रमको बारेमा जानकारी गराएका थिए । उक्त अवसरमा कलाकार गोविन्दमधुर आचार्य, कमल गाउँले सन्तोष परियारले आफ्नो प्रस्तुती देखाएका थिए । वार्षिकोत्सवमा विद्यार्थीले विज्ञान प्रदर्शनका साथै आफ्नो कला संस्कृति र पराम्परागतलाई जोगाउन भन्दै विभिन्न सांस्कृतिक कार्यक्रम देखाएका थिए । कार्यक्रमको सहजीकरण प्रिन्सिपल ठाकुर डाँगीले गरेका थिए ।

नेपाल जस्तो मुलुकमा हरेक व्यक्तिलाई सामाजिक, सांस्कृतिक तथा व्यावहारिक शिक्षा दिनुपर्दछ । विद्यालयीय शिक्षाले मात्र सबै मानिसमा परिवर्तन आउँछ भन्ने हुँदैन । छोराछोरी दुवै बराबर हुन् भन्ने चेतनाको विकास गराउन घर–घरबाट अभियान थाल्नुपर्ने आवश्यकता देखिन्छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation