Pranmancha

Advertisment

SKIP THIS

अखिल क्रान्तिकारी राप्तीको बैठक सम्पन्न,शैक्षिक माफिया विरुद्धको संघर्ष सशक्त पार्ने

लोकमणि भण्डारी, घोराही

विप्लव नेतृत्वको भातृ संगठनअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) राप्ती क्षेत्रीय समन्वय समितिकाे बैठक अाइतबार सम्पन्न भएकाे छ । संगठनका केन्द्रीय काेषाध्यक्ष नरेन्द्र बिक तथा नेकपा राप्ती ब्युराे सदस्य विश्वकाे बिशेश उपस्थितिमा दाङमा बैठक सम्पन्न भएकाे राप्ती क्षेत्रीय समन्वय समितिका संयाेजक दिपक विस्टले बताए । दुई बर्षे प्रतिबन्धकाे बिचमा पनि अाफ्ना गतिविधिहरु सहज रपमै निरन्तर गरिरहेकाे साे संगठनले नेकपाकाे प्रतिबन्ध खारेजी पश्चातका सांगठनिक, राजनीतिक एवम् बैचारिक लगायत सम्पुर्ण कार्यक्रमलाई थप प्रभावकारी रुपमा अाम बिद्यार्थी तथा जनसमुदायमा लैजाने जनाएको छ ।

बैठकलाई दिशानिर्देश गर्दै पार्टी नेता विश्वले राप्तीका हरेक स्कुल, क्याम्पस र विश्वविद्यालयमा राता मान्छेहरुकाे परिपक्व र वैचारिक दक्षतासहितकाे संगठन निर्माण गर्दै सम्पुर्ण उत्पीडित बिद्यार्थीहरुकाे नेता संगठन बनी बिद्यमान शैक्षिक समस्याको सहि समाधानकाे पहलकर्ताकाे भुमिका खेल्न अनुराेध गरे । २०७४ चैतमा २१ अाैँ राष्ट्रिय सम्मेलन गरेकाे साे संगठनले अागमी जेष्ठ १ गतेदेखि ४ गतेसम्मलाई २२ अाैँ राष्ट्रिय सम्मेलन गर्न गइरहेको छ । सम्मेलनकाे पुर्व तयारीमा देशैभरका क्रान्तिकारी, वामपन्थी एवम् जनतान्त्रिक विद्यार्थीहरु एकताबद्ध बनाउने अभियान रहेकाे काेषाध्यक्ष नरेन्द्र बिकले प्राणमञ्च अनलाइनसँगकाे कुराकानीमा बताएका छन् । बैठकले राप्तीका सबै जिल्लामा जिल्ला भेला तथा सम्मेलन गर्ने, राजनीति तथा वैचारिक कार्यक्रम गर्ने तथा शैक्षिक दलाल र माफियाहरु विरुद्धको अान्दोलनलाई थप शसक्त बनाउने निर्णय भएकाे संगठनका केन्द्रीय सदस्य तथा ब्युराे सदस्य विद्यार्थी नेतृ प्रितिमा चाैधरीले बताइन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation