Pranmancha

Advertisment

SKIP THIS

ओली गृहप्रशासनको घिनलाग्दो रबैया, जंगलीको घरमा पूनः पक्राउ पुर्जी ?

सरकार र युद्धरत पक्षबिच वार्ता र संवादद्वार युद्धविराम हुन्छ र निश्चित समयावधि भन्दा पहिले कुनैपनि पक्षले एकतर्फि युद्धविरामको भंग गरेको खण्डमा ठुलो यद्ध अपराध हुन्छ भने मुलुक थप हिंसा र बर्बादिको अँध्यारो भडखालोमा नराम्ररी फस्छ । दुवै पक्षलाई नै लडाइमा उत्रन बाध्य पार्दछ । कम्युनिस्ट खोल ओढेको ओली सरकारका पछिल्ला गतिविधहरु हेर्दा पनि ठिक वार्ता र सहमतिको उल्टो दिशातिर मोडिएको भान हन्छ । सयौँ भ्रष्टाचार, अनियमितता, राष्टघात , विधयक काण्ड तथा संसद विघटन लगाएत जनविरोधि कुकर्मबाट सर्वत्र आलोचित ओली सरकार सबैको ध्यान डाइभर्ट गर्न विप्लव वार्ताको कार्ड फालेर केही मथ्थर भएको थियो ।

गत फागुनमा सम्पन्न तिन बुँदे सहमतिसँगै विप्लव नेकपामाथिका प्रतिबन्ध फुकुवा भएसँगै सरकारसँग गरिएको तिन बुँदे सहमतिलाई ढृढतापूर्वक पालना गर्ने उदघोष गर्दै विप्लव खुला परिवेशमा जनताको घरदैलो अभियानमा निस्केका छनत् तर विप्लबसँग गरिएको झुठा मुद्दा खारेजी र सम्पूर्ण नेता कार्यकर्ताको स–सम्मान रिहाई गर्नू त कहाँ हो कहाँ जनविरोधि ओली उल्टै खुला राजनितीमा रहेका विप्लव नेकपाका नेताहरुको घर–घरमा पक्राउ पुर्जी टास्ने नाटक मन्चन गरेर आफ्नो नाङगो नाचको पुनरावृत गरेको छ । गत साता नेकपा नेतृ उमा भुजेल शिलुको घरमा पक्राउ पुर्जी टाँसेको ओली सरकारको प्रहरीले विहिबार युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीको घर आठबिकोट नगरपालिका ३ रुकुम पश्चिममा पक्राउ पुर्जी टास गरेको छ ।
पारिवारिक स्रोतका अनुसार पाटनको नाममा काठमाडौँ जिल्ला अदालतले राज्य विरुद्धको कसुर, संगठित अपराध र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा म्याद घरमा टासेको बताइएको छ । आफुले गरेको सहमतिको आफै उल्लंघन गर्नु सरकारको गैरजिम्मेवारीपनले राज्य थप द्वन्दमा धकेलिने राजनितीक विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation