प्रेसमाथिको हमला,१४ महिनापछि किताब फिर्ता

बिनकारण कब्जा गरि लामो समयदेखि जिल्ला प्रहरी कार्यालय प्यूठानमा राखिएका सम्पूर्ण महत्वपूर्ण किताब,नोटबुक तथा अन्य कागजात ससम्मान फिर्ता गरेकोमा प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल, प्रहरी प्रमुख सुनिल मल्ल तथा पुस्तक फिर्ता गर्न सहयोग गर्ने सबै सरकोरवालाहरुलाई प्राणमञ्च मिडिया प्रालि परिवार एकमुस्ट धन्यवाद ज्ञापन गर्दै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टि प्रत्याभुत गर्ने जोडदार माग पनि गर्दछ ।

प्राणमञ्च राष्ट्रिय मासिक पत्रिकाकाे प्रधान कार्यालय रहेकाे प्यूठानको जुम्रीमा २०७६ काे माघ १७ गते तत्कालीन प्रमुख जिल्ला अधिकारीकाे निर्देशनमा हतियारधारी प्रहरीले तथाकथित खानतलासी गरेर मिडिया संचालन तथा कार्यालय प्रयाेजनका लागि राखिएका ४ दर्जन बढी किताब, नाेटबुक र अन्य महत्त्वपूर्ण कागजातहरु कथित अनुसन्धानको नाममा बाेराभित्र काेचेर जिल्ला प्रहरी कार्यालय प्यूठान पुर्‍याएकाे थियो । बिनाकारण पत्रिकाको कार्यालयमा गरिएको साे खानतलासी र पुस्तक बरामदकाे चाैतर्फि निन्दा र भ्रत्सना भयाे । प्राणमञ्च प्रकाशनले प्रशासनकाे उक्त दादागिरीलाई सच्याउन विनम्र अनुराेध गर्दै सबै पुस्तक तथा नाेटबुकहरु तुरुन्तै फिर्ता गरिदिन अपिल पनि गर्याे तर प्रशासन विभिन्न अालटाले कुरा गर्दै प्रेसमाथिको साे हमलाकाे बचाउ दिइरहेको थियाे यद्यपि प्राणमञ्च राष्ट्रिय मासिक लगाएतले निरन्तर खबरदारी गरिरहेको थियौ ।

१४ महिनाकाे लामाे प्रयास पश्चात् गत बुधबार अन्ततः जिल्ला प्रहरी कार्यालय प्यूठानले सबै कागजपत्र फिर्ता गरेकाे छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल, प्रहरी नायव उपरिक्षक सुनिल मल्ल तथा प्राणमञ्च मिडिया प्रालिद्वारा संचालित प्राणमञ्च राष्ट्रिय मासिक तथा प्राणमञ्च अनलाइन डटकमका प्रधान सम्पादक पदम प्रसाद पाेख्रलबिच साेमबार अन्तिम छलफल भएको थियोे । साेहि अाधारमा उक्त बरामद भएका सम्पूर्ण  सामाग्री उक्त मिडियाका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेल मार्फत फिर्ता गरिएकाे प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए । उनलेे पत्रिकाकाे कार्यालयमा खानतलासी गर्दा अाफु जिल्लामा नभएको पनि बताए । राज्यद्वारा प्रतिबन्धित नेकपाका कागजात रहेकाे अाशंकामा बरामद गरिएकाे हुन सक्नेे उनले बताए ।

स्मरण रहाेस: विप्लव नेकपा प्रतिबन्धित रहेकाे साे (२०७६ माघ)अबस्थामा प्राणमञ्च पत्रिकाकाे कुनैपनि गतिविधि गर्न नदिने दुषित सनसायले पत्रिकाका प्रतिनिधि बालबहादुर घर्तीलाई पक्राउ गरेर १७ दिनसम्म गैरन्यायिक हिरासतमा राखिएकाे थियाे । यद्यपि पत्रिका साेहि माघदेखि नै निरन्तर प्रकाशन हुँदै अाएकाे छ भने अहिले अाफ्नाे अनलाइन प्राणमञ्च डटकम पनि चलिरहेको छ । बिनकारण कब्जा गरि लामो समयदेखि जिल्ला प्रहरी कार्यालय प्यूठानमा राखिएका सम्पूर्ण महत्वपूर्ण किताब,नोटबुक तथा अन्य कागजात ससम्मान फिर्ता गरेकोमा प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल, प्रहरी प्रमुख सुनिल मल्ल तथा पुस्तक फिर्ता गर्न सहयोग गर्ने सबै सरकोरवालाहरुलाई प्राणमञ्च मिडिया प्रालि परिवार एकमुस्ट धन्यवाद ज्ञापन गर्दै पूर्ण प्रस स्वतन्त्रताको ग्यारेन्टि प्रत्याभुत गर्न जोडदार माग पनि गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation