बाहिरियो ओली र सामन्तको रास्ट्रघात,एमसीसीदेखि संसद विघटनसम्मको सहमति

नेपाल र भारतका समस्या वार्ताको माध्यमबाट समाधान गरिने, दोस्रो बुँदामा नेपालको स्थिरता र लोकतन्त्रको पक्षमा ओलीले चाल्ने कदममा भारतले साथ दिने, तेस्रो बुँदामा नेपाल भारत सीमा समस्या उच्चस्तरबाट हल गर्ने एवम् कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राजनीतिक संवाद नभइकन अन्य कदम नचाल्ने, चौथो बुँदामा भारतले नेपालले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा साथ दिने र एमसीसी पारित गर्न मोदीले सहयोग गर्ने कुरा उल्लेख छ

कथित दुईतिहाई बहुमतको दम्भ बोकेर सत्तासिन भएका छलकपट र सत्ता स्वार्थको षडयन्त्रका खेलमा सिपालु बादशाह केपी शर्मा ओली सत्तारोहण लगत्तै क्रिश्चियनहरुको होलीवाइन काण्डमा मुछिए । याृेजनाबद्ध गरिएको उक्त राष्ट्रघातसँगै एनसियल (Ncell) वालुवाटार जग्गा, ओम्नी,गोकुल बास्कोटाको ७० करोड, ह्वाइड बोडी जहाज आदि हुँदै, एमसीसी, लिपुलेक कालापानीसम्मका राष्ट्रघातका श्र्रृंखलाहरुको मसी सुक्न नपाउँदै फेरी अर्काे राष्ट्रघातको पर्दाफास भएको छ । भारतीय प्रधानमन्त्रीको दुधको रुपमा रहस्यमय ढंगले नेपाल भ्रमणमा आएको सामन्त गोयललाई नेपालका प्रधानमन्त्री केपी शर्मा वलीले रातो कार्पेटहितको भव्य स्वागत गर्दे उच्च प्राथमिकताका साथ अत्यन्तै गोप्य वार्ता गरे । सरकारको कुटनितीक मर्यादा विपरित गरिएको ओली सरकारको उक्त प्राथमिकता बडो रहस्यमय रहेको थियो यद्यपि ढिलै भएपनि ओलीले गरेको राष्टघाती ४ बुँदे सहमति पत्र बाहिरिएको छ । विहिवार उज्यालो नेटवर्कले कार्तिकमा ओली र गोयलबिच सम्पन्न सो चारबुँदे सहमति पत्र बाहिर ल्याउन सफल भएको हो ।

यसरी २०७७ साल कात्तिक ५ गते ुरअु का प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी ओलीबिच बालुवाटारमा मध्यराती भएको राष्ट्रघाती ४ बुँदेको पहिलो बुँदामा नेपाल र भारतका समस्या वार्ताको माध्यमबाट समाधान गरिने, दोस्रो बुँदामा नेपालको स्थिरता र लोकतन्त्रको पक्षमा ओलीले चाल्ने कदममा भारतले साथ दिने, तेस्रो बुँदामा नेपाल भारत सीमा समस्या उच्चस्तरबाट हल गर्ने एवम् कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राजनीतिक संवाद नभइकन अन्य कदम नचाल्ने, चौथो बुँदामा भारतले नेपालले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा साथ दिने र एमसीसी पारित गर्न मोदीले सहयोग गर्ने कुरा उल्लेख छ । सहमतिपत्रमा प्रधानमन्त्री ओली र गोयलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation