कोरोना पुनः विश्वभर तीव्ररूपमा फैलियो : डब्ल्यूएचओ

डब्ल्युएचओले पृथ्वीको उत्तरी गोलार्धका देशहरूमा चिसोको समयमा संक्रमणको गति अधिक मात्रामा वृद्धि हुने अनुमान गरेको छ। प्रवक्ता क्रिस्टियन लिन्डमायरले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा हाल विश्वभर कोभिड–१९ का ८ लाख संक्रमित रहेको तथ्यांक स्वास्थ्य संस्थाहरुमा रहे पनि धेरैजसोले कोभिड परीक्षण नगराएकाले यो संख्या लाखौँका हुनसक्ने बताएका छन्।

अहिले फैलिरहेको कोभिडको नयाँ भेरियन्ट जेएन–वान हो। यसको संक्रमणको गति तीव्र छ। यो सन् २०२२ मा सर्वाधिक फैलिएको ओमिक्रोन भेरियन्टकै नयाँ स्वरुप हो। यसविरुद्ध अहिलेसम्म  हालसम्म साढे १३ हजार डोज खोप लगाइएको छ।

डब्ल्यूएचओको तथ्यांक अनुसार सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाबाट तीन वर्षमा विश्वभर ६९ लाख ९१ हजार मानिसको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation