Pranmancha

Advertisment

SKIP THIS

चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताएका छन्।

बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्‍यालीमा सहभागी हुँदै घिसिङले यस्तो बताएका हुन्।

उनले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताए। उनले निजी सवारीसाधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताए।

उनले यात्रुवाहक सवारी साधनसमेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको बताए। उनले पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको उल्लेख गरे।

उनले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी र्‍यालीले अभियानलाई ठूलो सहयोग पुगेको बताए। उनले पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद बिक्री भएको बताए।

उनले विद्युतीय सवारी साधनको प्रोमोसन विद्युतीय सवारीसाधन किनेर मात्रै नहुने बताए। उनले देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरु बनाउन जरुरी रहेको उल्लेख गरे।

उनले भने, ‘इलेक्ट्रिकल भेकलमा ट्रान्सपोटेसन भएको छ। यो ठूलो परिवर्तन हो। पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको छ। विद्युतको माग बढाउने अभियान हो। अभियानलाई ठूलो सहयोग पुगेको छ। ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको छ। विद्युतीय सवारी साधनको प्रामोसन विद्युतीय सवारी साधन किनेर मात्रै पनि हुँदैन। देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरु बनाउन जरुरी छ। जसमा विद्युतीय चार्जिङ स्टेशनहरु बनाउन जरुरी छ।’

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युतलाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए। उनले विद्युत उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation