अध्ययन मञ्चकाे प्रथम भेला घाेराहीमा

अध्ययन, पठन र बहस संस्कृतिलाई बढवा दिने उदेश्यले अध्ययन मञ्च दाङ गठन गरिएको छ । शनिबार सर्वाेदय पुस्तकालय तथा वाचनालय घाेराहीमा भएकाे प्रथम भेलाले मञ्चकाे संयाेजकमा विपिन आचार्य सहितकाे ९ सदस्यीय समिति गठन गरेकाे छ भने सदस्यहरुमा पदम प्रसाद पाेख्रेल, ढकराज सुवेदी, समीर वली, इसान कुसुम्ह्या रहेका छन् ।

बाँकी ४ जनाकाे पदपूर्ति र सल्लाहकार समिति पछि बनाइने नवगठित मञ्चका संयाेजक विपिन आचार्यले बताए । भेलामा मञ्चकाे अवधारणा, उदेश्य र कार्यविधि पनि पारित गरेकाे छ ।

भेलामा वाम विश्लेषक तथा हाँक साप्ताहिकका सम्पादक शशिधर भण्डारी, डा. टिकाराम उदासी, प्रमाेद धिताल, दामाेदर गिरी, सुर्य बि.सी., सम्भु गाैतम, रामप्रसाद जैसी, हरि पाैडेल, नवीन श्रेष्ठ लगायतले अध्ययन मञ्चकाे अवधारणा र भूमिकाकाे विषयमा सुझावमूलक मन्तव्य राखेका थिए ।

मञ्चले महत्त्वपूर्ण कृति तथा पुस्तकका विषयमा विज्ञहरुमार्फत मासिक रुपमा नियमित छलफल गर्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation