प्रमुख प्रशासकीय अधिकृत नटिक्ने, कहिले अनुदानका प्याकेजमा पक्षपाति हुने, कहिले इन्डक्सन चुलो वितरणमा वर्गभेद हुने त कहिले राजश्व लफडा लगायतका विबादले चर्चामा रहिरहने प्यूठान नगरपालिकाले पछिल्लो समय कैर्यौँ सुधार र परिवर्तनका कामहरु गरिरहेका छ । साँघुरो रहेको सडक फराकीलो बनाउने महाअभियानमा निस्केको प्यूठान नगरपालिकाले कृषकहरुको हितकारी कार्यक्रम पनि ल्याइरहेको छ । आ.व. २०७९÷०८० बाट नगरपालिकाले किसानलाई दूध उत्पादनमा आत्मनिर्भर थप्न तथा पशुपालन कृषकहरुलाई हौसला र प्रेरणा थप्न प्रतिलिटर रु १० रुपैयाँ अनुदान प्रदान गरिरहेको छ ।
नगरलाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरेको नगर प्रशासनले जनाएको हो ।
कृषकले नगवेली सहकारीमा दुभ बेचेर ७ हजार ५०० लिटरको ७५ हजार ५ सय अनुदान प्राप्त गरेका छन् भने खैरामा रहेको शिवालय दुग्द उप्पादन संस्थाबाट झण्डै साढे १४ हजार लिटरको १ लाख ५० हजार रकम अनुदान पाएको पशुुपंक्षी विकास शाखा प्रमुख गिरीराज पौडेलले जनाएका छन् । उनका अनुसार गतवर्ष दुईवटा सहकारीमा गरी दुई लाख बढी अनुदान वितरण गरिएको भएतापनि बाँकी १८ लाख बजेट रकमान्तर भएको छ ।
यो आर्थिक वर्षको लागि पनि ११ लाख रकम अनुदान व्यवस्था गरिएको छ । पौडेलका अनुसार कृषकहरुले प्रति लिटरमा १० रुपैयाँ अनुदान पाउने नेपालकै पहिलो पालिका भएको दावी गरे । आफु निर्वाचित भएदेखिनै निमुखा किसान वर्गको पक्षमा विभिन्न कार्यक्रम ल्याइरहेका दावी गर्ने नगर प्रमुख विष्णु योगीले नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरतथा थप्न प्रतिलिटर रु दश रुपैयाँ अनुदान दिने नीति ल्याइएको जानकारी दिए । अबको बाँकी कार्यकाललाई समग्र पालिकाको समृद्धिमा लागि पर्ने दावी गर्दै नगरप्रमुख योगीले उत्पादनमा आधारित अनुदान प्रभावकारी र प्रेरणामुखी हुन्छ भन्ने आधारमा यो कार्यक्रम सुरु बताए । उनका अनुसार यो कार्यक्रम निरन्तर बढ्दो क्रममा चलिरहने छ । किसानको सम्मानका लागि ‘उत्पादन हातमा अनुदान साथमा’ भन्ने नीति अवलम्बन गरिएको नगर उपप्रमुख देबेन्द्र बर्माको भनाइ छ ।
नगरपालिकाले प्युठान नगरपालिका–१ खैरास्थित शिवालय दुग्ध सहकारी संस्था लिमिटेड र वडा नं ३ स्थित नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमार्फत सो कार्यक्रम लागू गरिरहेको छ । दैनिक एक हजार पाँच सय लिटर दूध खपत हुने आँकलन गरिएकोमा हाल दैनिक चार सय लिटर दूध सङ्कलन हुँदै आएको छ ।
प्यूठान नगरपालिका ४ जुम्रीमा रहेको नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमा दैनिक एक सय ५० लिटर दूध सङ्कलन हुँदै आएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले बताए । सहकारीले त्रैमासिक रुपमा प्रतिवेदन पेश गर्ने र सोही आधारमा नगरपालिकाले अनुदान उपलब्ध गराउने गरेको छ । अध्यक्ष पाण्डेका अनुसार सहकारीले पेश गरेको प्रतिवेदनका आधारमा नगरपालिकाले सोझै किसानको खातामा राखिदिन्छ ।
नगरपालिकाका अन्य वडामा पनि छिट्टै डिपो राखी दूध सङ्कलन गर्ने उक्त सहकारीको योजना छ । भौगोलिक विकटता तथा ढुवानी समस्याले चाहे जति दूध सङ्कलन गर्न नसकिएको पाण्डेले हामीसँग गुनासो गरे ।
स्थानीय तहले उत्पादनमा आधारित अनुदान दिएपछि दूधको सङ्कलनमा सहजता र लागत मूल्यमा राहत मिलेको शिवालय सहकारीका अध्यक्ष विष्णु बस्नेतले बताए । हाल नगरका सहकारीमा दैनिक दुई सय ५० लिटरसम्म दूध सङ्कलन हुँदै आएको छ । दूधको साथसाथै छिट्टै तरकारी उत्पादनमा समेत किसानलाई अनुदान दिने कार्यक्रम ल्याउन लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र वार्षिक ३५ सय मेट्रीक टन दुधको माग रहेको भएपनि नगरपालिका भित्र हाल २४ सय २४ टन मात्र उत्पादन भइरहेको छ । बाँकी १ हजार टन दुध बाहिरबाट आयायतित भइरहेको पशु््््् विकास अधिकृ पौडेलले जानकारी दिए ।