मुख्य समाचार

नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि सुरु हुँदै

१४ पुस, काठमाडौं  साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ। ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य...

पुरा पढ्नुहोस
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु  भएको छ। जेजु एयरको विमान स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनाग्रस्त भएको हो। विमान थाइल्याण्डको बैंककबाट १७५ यात्रु र ६ चालक दलका सदस्य​ जेजु एयरको विमान फर्किएको...

पुरा पढ्नुहोस
नवलपरासीका किसान सामूहिक प्याज खेतीमा

१४ पुस, नवलपरासी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका-१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन्। शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक प्याजखेती शुरु गरेका हुन्। दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम

१४ पुस, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशभर साधरणतया देखि पूर्णतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनुको साथै पश्चिम नेपालका केही ठाउँमा वर्षा भइरहेको...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको मतगणना स्थगित

१४ पुस, काठमाडौं  माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने कि नलगाउने भनेर गरिएको निर्वाचनको मतगणनामा विवाद भएको छ । विवादका कारण गएरातिदेखि नै मतगणना स्थगित भएको छ । उमेर...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ पुस, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा...

पुरा पढ्नुहोस
तानसेनका महिलाद्वारा साप्ताहिक सडक मेला सुरु

१३ पुस, पाल्पा पाल्पाको तानसेन नगरपालिकामा महिलाद्वारा साप्ताहिक सडक मेला सुरु भएको छ। मेला हरेक साताको शुक्रबार दिउँसो १ बजेदेखि आयोजना हुने आयोजकले जानकारी दिएका छन्। तानसेन नगरपालिका-४ र मखनटोल टोल विकास संस्थाको आयोजना तथा सिटिज...

पुरा पढ्नुहोस
त्रिविको ५० औँ स्वर्ण दीक्षान्त समारोह!

१३ पुस, काठमाडौं त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५० औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरेको छ । यो स्वर्ण समारोह प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मनाइएको हो । समारोहमा १४ हजार बढी...

पुरा पढ्नुहोस
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री

१३ पुस, कास्की सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको...

पुरा पढ्नुहोस
वर्तमान सरकार श्रमिकको विपक्षमा छ: मेटमणि चौधरी

१३ पुस, काठमाडौं नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार दलाल पुँजीपतिको पक्षमा र श्रमिकहरूको विपक्षमा...

पुरा पढ्नुहोस