Pranmancha

Advertisment

SKIP THIS

वर्तमान सरकार श्रमिकको विपक्षमा छ: मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार दलाल पुँजीपतिको पक्षमा र श्रमिकहरूको विपक्षमा रहेको आरोप लगाए । तर, सरकारलाई श्रमिकको पक्षमा लाग्न आफूहरूले बाध्य पार्ने दाबी मेत उनले गरे ।

श्रमिकहरूको वास्तविक पार्टी एकीकृत समाजवादी भएको जिकिर गर्दै उनले संसद् र सडकबाट दबाब दिएर सरकारलाई श्रमिकतिर झुकाएरै छाड्ने बताए । ‘दलालको पक्षमा, उद्योगीहरुको पक्षमा, पुँजीपतिहरूको पक्षमा बनेको सरकारलाई कुनै पनि हालतमा हामीले झुकाउनुपर्छ । यसको लागि हाम्रो पार्टी तयार छ,’ उनले भने ।

श्रमिकहरूले आफ्नो हक अधिकार प्राप्त गर्न दबाबमूलक आन्दोलन गर्नुपर्ने बताउँदै उनले सो आन्दोलनलाई बल पुग्ने गरी संसद्बाट आफूहरूले साथ दिने बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation