मेस्सीको असन्तुष्टि : स्वारेजलाई त्यसरी निकाल्नु हुन्नथ्यो

९ असोज, काठमाडौं । अर्जेन्टाइन फुटबलर लियोनेल मेस्सीले बार्सिलोनाप्रति पुन आफ्नो असन्तुष्टि पोखेका छन् । यसपटक उनले स्ट्राइकर लुइस स्वारेजको बहिर्गमनलाई लिएर असन्तुष्टि व्यक्त गरेका हुन् ।

स्वारेज बार्सिलोनाका तेस्रो सर्वाधिक गोलकर्ता हुन् । तर नयाँ प्रशिक्षक रोनाल्ड कोमन आएसँगै क्लब र प्रशिक्षक दुवैले स्वारेजलाई आफ्नो योजनामा नभएको जानकारी गराए ।

स्वारेज एथ्लेटिको मड्रिडमा आवद्ध भएका छन् । स्वारेजलाई यसरी बिदा गरेकामा मेस्सीले असन्तुष्टि जनाएका हुन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्वारेज र आफ्नो तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘तपाईंलाई उनीहरुले यसरी निकालिनु हुँदैनथ्यो, तर यो मेरा लागि अब यो नौलो कुरा होइन ।’

यसअघि मेस्सी आफैंले बार्सिलोना छाड्न चाहेको बताएका थिए । तर थप एक वर्ष क्लबमा बस्न बाध्य पारिएको थियो ।

मेस्सीले स्वारेजलाई ‘मिस’ गरिरहेको बताएका छन् । आफू ड्रेसिङ रुममा गएको तर त्यो ठाउँ निकै शून्य लागेको भन्दै उनले भनेका छन्, तिमीलाई अर्को जर्सीमा देख्दा, झन एकअर्काविरुद्ध हुँदा अनौठो हुनेछ ।’

उनले स्वारेजलाई आगामी दिनको लागि शुभकामना पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation