सल्यानकाे बुद्ध जनकल्याण माविका विद्यार्थीहरु दिनहु विरामी

पुष्कर पन्थ सुनार साउन २३ सल्यान ।सल्यान जिल्ला कुमाख गाउँपालीका ६ पर्ने बडागाउँकाे श्री बुद्ध जनकल्याण माद्यामिक विद्यालयमा मा दैनिक दिन विद्यार्थी विरामी  भइरहेका छन ।बिरामी हुनेमा सबै छात्रा छन करिब दिनमा सात ,आठ जना बिरामी हुने गरेका छ्न ।बिरामी के कति कारण हुन्छन् भन्ने अहिलेसम्म  थाहा नभएको र प्राय जसो बिरामी मा देखिने समस्या भनेको एक्कासि बेहोस हुने, अत्यधिक मात्रामा पेट दुख्ने लयायताका समस्या देखा परेको सहायक प्रधानाध्यापक खड्ग शाहले बताउनुभयाे । बिरामी भएको केही समय पछी बडागाउँ स्वास्थ्य चौकि का स्वास्थ्यकार्मिलाई जानकारी गराउदै विद्यालयका प्रधानाध्यापक टेकम कुमारि शर्माले उपचारको निम्ति पहल गर्दा  पनि कसैको उपचारमा ध्यान   नपुगेको  विद्यालय प्रशासन काे गुनासो रहेको छ । स्वास्थ्य समस्या जटिल भएकोले स्थानीय सरकार लगायतको पहलमा सामान्य अवस्थामा फर्काउने अवस्था काे सिर्जना गर्ने समेत स्थानीय सरकारले पहल लिनुपर्ने विद्यालय प्रशासनले अपिल गरेको छ । हाम्रा नानी बाबू हरु लाई जाेखिम भयो ,यसकाे समाधानका निम्ति विद्यालय प्रशासन ,विद्यालय व्यवस्थापन समिति ले र स्थानीय सरकारले पहल नलिए खतरा  हुनसक्ने उक्त विद्यालयका एक अभिभावक बताउछन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation