३० किलो गाँजासहित २ जना पक्राउ

१० साउन, काठमाडौं

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेका छन् ।

बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट गएराति एक बजे गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

पर्सामा पनि गाँजा बरामद

यसैगरी पर्साको छिपरमाई गाउँपालिका एक मिर्जापुरबाट गएराति १४० किलो लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ ।

बगैंचामा बेवारिसे अवस्थामा राखिएको गाँजा गएराति ९ बजे प्रहरीले फेला पारेको हो । गाँजा कसले राखेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोरङबाट ब्राउनसुगरसहित एकजना पक्राउ

यसैबीच मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोला नजिकबाट गएराति साढे १० बजे ६ ग्राम ३८० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

रंगेलीबाट कानेपोखरी तर्फ आउँदै गरेको प्रदेश १–०२०४४ प ११८ नम्बरको मोटरसाइकलमा सवार मोरङकै बेलबारी नगरपालिका ११ बस्ने रणध्वज राईलाई लागु औषधसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरी मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation