राष्ट्रिय विज्ञान दिवसको अवसरमा “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर” तदर्थ समिति गठन

असाेज १ दाङ। राष्ट्रिय विज्ञान दिवस २०७९ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं १२ स्थित विद्यालयका विज्ञान शिक्षकहरूको भेलाले ६ सदस्यीय “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर”तदर्थ समिति गठन गरेको छ। घोराही उपमहानगरपालिका वडा नं १२ स्थित विद्यालयका विज्ञान शिक्षकहरूको एक भेलाले रमना पाठशालाका प्रबन्ध निर्देशक तथा विज्ञान शिक्षक विष्णु हमालको संयोजकत्वमा ६ सदस्यीय “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर”तदर्थ समिति गठन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि माधव न्यौपानेले जीवनका हरेक क्षेत्रसँग जोडिएको विज्ञान शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनानउन नितान्त आवश्यक रहेको र त्यसको लागि विज्ञान शिक्षक समाज गठन गर्न पनि नितान्त आवश्यक रहेको  बताउनु भएको थियो। कार्यक्रमको बारेमा संयोजक विष्णु हमालले प्रकाश पार्नु भएको थियोे । उक्त भेलाद्वारा गठित तदर्थ समितिले यहि असोज ७ गते शुक्रबारका दिन मा .वि हापुर विजौरीमा अर्को भेलाको आयोजना गरि वडा स्तरीय कमिटी  गठन गर्ने निर्णय गरेको छ।।मा .वि हापुर विजौरीका पूर्व प्रधानाध्यापक तथा विज्ञान शिक्षक श्री माधव न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन रमना पाठशालाका शिक्षक नोहित बम रसाइलीले गर्नु भएको थियोे भने रमना पाठशालाकि कक्षा ७ मा अध्ययनरत छात्रा नीशा भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation