स्वर्गद्वारीमा राजमाेकाे महिला भेला सम्पन्न

प्यूठान \  २०८० भदौ २३ 

राष्ट्रिय जनमोर्चा निकट महिला संगठन अखिल नेपाल महिला संघ स्वर्गद्वारी नगर समितिको ५ नम्बर वडा भेला सम्पन्न भएको छ । राष्ट्रीय जनमोर्चा जिल्ला समिति प्युठानका सदस्य तथा नगर अध्यक्ष गिरबहादुर गुरूङ्गको प्रमुख आतिथ्यतामा भएको नगर वडा भेलाको कार्यक्रम सोही वडामा रहेको सामुदायिक भवन सारीमा सम्पन्न भएको हो ।

भेलाले मिना बूढाथोकीको अध्यक्षतामा १७ सदस्य वडा कार्य समिति गठन गरिएको स्वर्गद्वारी नगरका नगर उपाध्यक्ष गंगाराम बिसीले जानकारी दिएका छन् । बिना पार्धेको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन नेपाल महिला संघ स्वर्गद्वारी नगर समिति सचिव शारदा बुढाथोकीद्वारा गरिएको थियो भने मिना बुढाथोकीले स्वागत मन्तव्य राखेकी थिइन् ।

भेलामा विशेष अतिथिको रुपमा अखिल नेपाल महिला संघ जिल्ला सदस्य सुमि गुरुङ्ग, कृष्णा रेग्मी, खुमा अधिकारी, नगर अध्यक्ष लक्ष्मी पन्थी, यूवक संघ जिल्ला उपाध्यक्ष कुवेर भण्डारी, राजमो नगर उपाध्यक्ष गंगाराम बिसी लगायतका वक्ताहरुले नारी सशक्तिकरणको अभियानलाई सबै उत्पीडित महिलाहरु एकजुट भई व्यापक बनाएर संघर्षमा जानुपर्नेमा जोड दिए ।

 

मिना बुढाथोेकी अध्यताको कार्यसमितिको उपाध्यक्ष बिना पार्धे, सचिव उषा लंवा, स–सचिब सुसीमा सुनार, कोषाध्यक्ष कमला भन्डारी, सदस्यहरू बिष्णा आचार्य, सारदा बि. सी, अमृता जिएम, नमी बिक, पूर्णिमा राहु, बिष्णु पुन, पसुपति बूढाथोकी, जानका बिसी, बैकल्पिक सदस्यहरू एकता सुनार, पार्वती सुनार , सल्लाकार सदस्यहरुमा, सारदा बूढाथोकी र हिरा थापा रहेका छन् । नवनिर्वाचित कार्य समितिलाई खुमा अधिकारीले आगामी कार्यक्रमको विषयमा दिशानिर्देश गर्दे बधाई एवं शुभकामना मन्तव्य राखिन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation