आज देशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

१८ चैत, काठमाडौँ

हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति  देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि भने कोशी, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation