यी स्थानमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा देशका केही भूभागमा शनिबार पनि वर्षाको सम्भावना छ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार  दिउँसो कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation