इजरायली आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार नाघ्यो

गाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघेको छ।

गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको हमासशासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन्’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भारी बमबारी र उद्धारकर्मीको अभावका बीच केही पीडितहरू भग्नावशेषमुनि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा भएको हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation