बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते

गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ।

पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सह–चालक ४० वर्षका युवराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए।

कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको हो।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादी स्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइते सबैको पाल्पामा उपचार भइरहेको छ।

बस सडकबाट अन्दाजी ५०(६० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा १३ जना सवार रहेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation