एक महिलामाथि सामूहिक बलात्कार , चार आरोपी पक्राउ

श्रीमान् घरमा नभएको मौका पारेर एक महिलालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा पर्वतमा चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक भवन बरामका अनुसार पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागरबहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतकै जलजला गाउँपालिका–४ बस्ने ३६ वर्षीय कुशल मल्ल रहेका छन्।

महिलाको घरको कोठामा प्रवेश गरी सामूहिक रूपमा जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूले सोमवार राती करिब एक बजेको समयमा करणी गरेको प्रहरीले बताएको छ। घटनामा संलग्न भनिएका चारै जनालाई सोही दिन नै पक्राउ गरी जबरजस्ती करणी गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बरामले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation