प्रचण्ड भन्छन् `सरकारको आयु तोक्न त सक्दिनँ तर अब धेरै छ जस्तो लाग्दैन´

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आयु लामो नभएको जिकिर गरेका छन्।

सिन्धुपाल्चोक पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अप्राकृतिक गठबन्धनबाट बनेकाले सरकार आफैं ढल्ने जिकिर गरे।

‘यो सरकार टिकिराखोस् भन्ने हाम्रो चाहना छैन, यो अप्राकृतिक भएकाले अन्ततः: ढलि नै हाल्छ, हामीले धेरै बल गर्नै पर्दैन।’ प्रचण्डले भने,  ‘मिति तोक्न त मैले सक्ने कुरा पनि होइन, मिल्ने कुरा पनि होइन तर यो सरकारको आयु अब धेरै छ जस्तो मलाई लाग्या छैन।’

कांग्रेसभित्रका संस्थापन पक्षकै नेताहरूको सरकारप्रतिको असन्तुष्टि बाहिर आइरहेको भन्दै प्रचण्डले यो सरकार सहज ढंगले अघि जान नसक्ने बताए।

सरकार जसरी चलिरहेको छ यसले आफैंले आफ्नो आयु छोट्याइराखेको प्रचण्डको टिप्पणी छ।

सदन नबोलाएर अध्यादेशमार्फत अघि बढेको भन्दै उनले यो सरकार सबभन्दा कमजोर, निरिह, गैरजिम्मेवार अलोकतान्त्रिक सरकार हो भन्ने पुष्टि भएको दाबी गरे।

‘हामी सकभर चाँडो सदन सुरु होस् र त्यहाँबाट विधिसम्मत विधेयकहरू अघि बढोस् भन्ने चाहन्छौं।’ उनले थपे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation