‘थोत्रे गाग्री’ बोकेर काठमाडौँ पुगे हर्क साम्पाङ

७ माघ, काठमाडौँ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘थोत्रे गाग्री’ ल्याएर आन्दोलन गर्न काठमाडौँ आइपुगेका छन्।सोमबार दिउँसो साम्पाङ गाग्रीसहित काठमाडौँ पुगेका हुन् ।केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हर्कले धरानको खानेपानी समस्या समाधानको माग गर्दै पुरानो गाग्री बोकेर काठमाडौँ आएको बताएका छन् ।

बिहान काठमाडौँ हिँड्नुअघि फेसबुकमा साम्पाङले लेखेका छन्,‘आन्दोलन थोत्रे गाग्री, आज काठमाडौँ जाँदै छु । जनतालाई दीर्घकालीन खानेपानी व्यवस्था गर्न सक्नुपर्छ सरकारले !’

काठमाडौं विमानस्थल पुगेपछि साम्पाङले धराने जनतालाई पानी चाहिएको बताउँदै त्यसमा संघीय र प्रदेश सरकारले पटकपटक ढाँटेको बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation