प्रेम के.सी र सुनिता बुढाको कर्णप्रिय आवाजमा “बाचे भेट मरेखरानी” गीत सार्वजनिक

२४ माघ, प्युठान

प्यूठानको गौमुखी गाउँपालिका ४ पूजामा बुवा हिम बहादुर खत्री र आमा दुर्गा कुमारी खत्रीको काखबाट जन्मिएका साथै लामो समयदेखि गीत संगित तथा अभिनयमा सक्रिय रहेका प्रेम के सीको नयाँ गीत “बाचे भेट मरे खरानी” सार्वजनिक भएको छ।

गीतकार प्रेम के.सी ले समग्र क्षेत्रलाई समेटेर तयार पारिएको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

गायक प्रेम के.सि को स्वरमा रहेको उक्त गीतमा गायिका सुनिता बुढा क्षेत्री ले पनि स्वर भरेकी छन्।

शब्द सिर्जना ऋषि खड्का र अभिनय जुना गुरुङ्ग, प्रेम के सी, आरुस के सीको रहेको छ। उक्त गित ऋषि खड्का युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ साथै उक्त भिडियोमा केसिले आफै अभिनय समेत गरेका छन्।

व्यवसायिक क्षेत्रमा समेत रहेका गीतकार प्रेम केसी लामो समयदेखि सिर्जनामा सक्रिय रहँदै आएका छन्। यसभन्दा अगाडि उनको आवाजमा पूर्णिमाको जुन, अभागी परदेशी, चम्पा चमेली, नरौ प्यारा , भेटौला शनिबार, दुलहा राजा, बाँचे भेट मरे खरानी समेत गित सिर्जना गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation