“देशले बसाइँ सर्न नपरोस् सरकार” (कविता)

वर्षा याममा
झरिले चिल्ली बिल्ली पारेका
चरीका गुँड झै
लीलबहादुर क्षेत्रीको बसाइँमा
उपन्यासको पात्रले बसाइँ सरे झै
देशले बसाइँ सर्न नपरोस सरकार

साहुँले थाङ्ग्रा भोकटा फ्याक्दिदा
पटुकीको फेरोले आँसु पुछ्दै
झिँजाले भुइ कोतरेर आँसुका ढिक्का खसाल्ने
धनेकी स्वास्नी मैनाले झै
नेपाल आमा निरीह बनेर
बसाई सर्ने तरखर गर्न नपरोस सर्खार

यता गाउँ गाउँमा ईफिल ठडिएरे
उता अर्कि चमेलीको घरबास उठायो रे साहुले
ईफिल हेर्दै
चमेलीले धिक्कार्छे रे लोग्नेलाई
थुक्क तेरो बुद्धि
होस नपुर्याउदा बेलामा
साँहुको रिणले
आज घर न बास बच्चाको बिचल्ली
चमेलीले लोग्नेलाई धिक्कारे झै
देशले तिमीलाई धिक्कार्न नपरोस सरकार

लागिरहन्छ डर
कुन साहुले कताबाट भाजो हाल्ने हो
रिण लिएर फलानाकी स्वास्नीले
दिनहुँ घ्यु र भात खाए झै
विदेसबाट रिण लिएर
सित्तो सात्तो पारेर
देशलाई विदेशीको गुलामी
बन्न नपरोस सरकार
देशले बसाइँ सर्न नपरोस सरकार

लाखौ युवाले त बसाइँ सारी सके
धनेले त देश थियो र बसाइँ सार्‍यो
यति बुझिदेउ सरकार
देशले बसाई सर्ने कहाँ ??

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation