राप्ती गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर!

दाङको राप्ती गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

 

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कोषका तर्फबाट निर्देशक डाक्टर रोशन कोजुले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

काठमाडौंको थापाथलीस्थित कोषको कार्यालयमा आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको हो।

राप्ती गाउँपालिकाका औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिहरू तथा स्वरोजगार भएका नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरी नागरिकको भविष्यमा आइपर्ने जोखिमलाई न्यूनीकरण गर्न कोषसँग सम्झौता गरिएको पालिकाका अध्यक्ष विष्टले बताए।

अहिले सामाजिक सुरक्षा वितरण प्रणालीलाई भविष्यमा राज्यको कोषले थेग्न नसक्ने अवस्था देखिएको हुनाले नागरिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना गरी सबै नागरिकलाई त्यसमा जोड्न आवश्यक रहेको कोषका निर्देशक कोजुले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation