बर्दियामा दुई वटा पाटेबाघ मृत फेला

बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन्।

निकुञ्जको कोर एरिया भित्र घना झारीमा मंगलबार राति मृत बाघ फेला परेका हुन  । ‎ती बाघ आपसमा जुधेर मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बर्दिया निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोक रामले बताए।

‎मंगलबार साँझै निकुञ्जका कर्मचारी, निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनालगायत राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी घटना स्थल पुगी मृतक बाघलाई पोस्टमार्टमका लागि निकुञ्जको मुख्यालय, ठाकुरद्वारा ल्याएको छ।

मरेका बाघ  करिब १०–१२ वर्षका भाले बाघ भएको निकुञ्ज प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation