नारायणीमा दिदीभाइ बेपत्ता!

नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर म‌गलबार साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जा नदीमा डुबेर बेपत्ता भएको बताए। दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन्।

भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता दुवै जनाको खोजी रात परेपछि रोकिएकोमा बुधबार बिहान शुरु गरिँदैछ। गोताखोरको टोलीसहित खोजी गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation