ठगी आरोपमा जनमतका कोषाध्यक्ष यादव पक्राउ

 

जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।

ललितपुर प्रहरीमा उनीबिरुद्ध  ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation