बेहोस भएका मतदान अधिकृतको मृत्यु

१९ फागुन, काठमाडौं

सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् ।

उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका थिए ।रौतहटको माधन नारायण नगरपालिका–६ घर भएका उनी सिनियर अहेब हुन् ।

मंगलबार बिहान अचानक बेहोस भएपछि उनलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । दिउँसो साढे २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation