रुखमा च्यापिएर एक जनाको मृत्यु

मकवानपुरको बागमती गाउँपालिका- ३ देउजोरमा रुखमा च्यापिएर एक जनाको मृत्यु भएको छ।

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखमा च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation