पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन हमला

२६ वैशाख, काठमाडौं 

पाकिस्तानले लगातार दोस्रो दिन पनि भारतका विभिन्न शहरमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार तीन राज्यका ११ शहरलक्षित ड्रोन आक्रमण भएको हो।

जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनियामा ड्रोन आक्रमण भएको हो। त्यस्तै पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण शहरमा पनि पाकिस्तानले ड्रोन आक्रमण गरेको छ।

पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको तर वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको भारतीय पक्षको दाबी छ।

पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको छ। राजस्थानका सबै सीमावर्ती जिल्लामा ‘ब्ल्याकआउट’ गर्न लगाइएको छ।

पञ्जाब, जम्मू कश्मीर र राजस्थान उच्च सतर्कतामा छन्। पञ्जाबको जालन्धर र अमृतसरमा पूर्ण रूपमा अन्धकार छ भने बीकानेर र श्रीगंगानगरमा पनि ब्ल्याकआउट छ।

जम्मू, किस्तवाड, अखनूर, साम्बा र पठानकोटमा पूर्ण ब्ल्याकआउट गर्न लगाइएको छ। आरएस पुरा सेक्टरमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ। धेरै ठाउँमा बम विस्फोटको आवाज सुनिएको बताइएको छ।

नियन्त्रण रेखा नजिकै कुपवाडा र बारामुल्लामा दुवै तर्फबाट भारी गोलाबारी भइरहेको सञ्चारमाध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation