
बि.सं. २०३० असार २५ गते रातिको १० बजे नेपालको इतिहासमा भयावह आगलागीको घटना घटेको थियो । हुन त नेपालको इतिहासमा सबैभन्दा ठूलो र डरलाग्दो आगलागी बि.सं. १९९० को बैशाखमा भएको सेतो दरबार आगलागीलाई लिइन्छ । जोगवीर स्थापितको डिजाइनमा मुगल तथा युरोपेली बास्तुकलाको समिश्रणमा वीरशम्शेरले बनाउन लगाएको त्यो बेलाको भव्य दरबार जलेर ध्वस्त भएको थियो । त्यो दरबारको भब्यता आज पनि जमल सडकमा खडा रहेको भव्य सेतो गेटले देखाइरहन्छ ।
२०३० को आगलागीमा भने त्यतिबेलाको एउटा प्रमुख प्रशासनिक भवनमा नै आगलागी भएको थियो । यस आगलागीले देशकै कतिपय महत्वपूर्ण परराष्ट्र मन्त्रालयका कागजपत्रहरु जलेर खरानी भयो । सरकारले यस घटनामा मृत्यु भएकाहरुको पनि कुनै जानकारी दिएन । तर १२ जना सैनिक तथा अन्यको मृत्यु भएको भनिन्छ ।
रातको समयमा शुरु भएको यस आगलागीको पछाडी कसैको हात त छैन भन्ने निकै अड्कल काटिए पनि सरकारी छानविन टोलीले बिद्युतको तारमा भएको सानो झिल्कोबाट नै भयानक घटना घटेको भनियो । त्यतिबेला प्रधानमन्त्री रहनु भएका किर्तिनिधी बिष्टले नैतिकताको आधारमा राजा विरेन्द्र सामु राजिनामा दिए । राजाले यो स्विकार्नु भएन तर पनि राजालाई आफू पदमा रहिरहनु नैतिकताले दिदैन भन्दै राजिनामा दिएरै छोडे । त्यतिबेला नेपालका लागी भारतीय राजदुत रहनुभएका एलपी सिंहले बालुवाटारमा पुगेर किर्तिनिधी बिष्टलाई राजिनामा फिर्ता लिन अनुरोध समेत गरेका थिए ।
रातीबाट नै लागिरहेको आगो बिहानीपख सम्म पनि रहेको थियो । बिहानै राजा विरेन्द्र तथा रानी ऐश्वर्य पनि आगलागीबाट भएको क्षति हेर्न पुग्नुभएको थियो । तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट पनि साथमा नै जानुभएको थियो । त्यो समय यस आगलागी सम्बन्धमा धेरै किसिमका अडकलवाजीहरु चलेका थिए । बिश्वास नलाग्ने र भएको अर्को घटना नेपाली कांग्रेसले गरेको जहाज अपहरण काण्ड र यो घटना करिव एक महिनाको अन्तरमा घटेको घटना हो । २०३० सालकै जेठ २८ गते नेपाली कांग्रेसका कार्यकर्ता दुर्गा सुवेदी तथा मदन अर्यालबाट भएको थियो ।
नेपाल सरकारले भारत सरकारसंग खरिद गरेको रु तीस लाख भारतको अत्तरियाबाट बिराटनगर ल्याएर बिराटनगरबाट जहाजमा काठमाडौ लग्ने तैयारी गरिएको थियो । राष्ट्र बैंकका सम्पूर्ण सूचना मदन अर्यालबाट प्राप्त भएको थियो । तर अपहरणका लागि जहाजमा भने दुर्गा सुवेदीका साथ बसन्त भट्टराई र नगेन्द्र ढुङ्गेलले पनि सहयोग गरेको थियो । यसरी जहाजमा भएको रु तीस लाख भारु लुटिएको थियो । यस घटनाको २९औ दिनमा सिंहदरवारमा आगलागी भएको थियो । या भनौ आगो लगाइएको थियो । यसको पछाडि बिदेशी तत्व भन्दा बढि नेपाली नै सक्रिय रहेको अनुमान गर्न सकिन्छ ।
आखिर जे नहुनु थियो भयो देशले ठूलो क्षति बेहोर्नुपर्यो । देशले किर्तिनिधी जस्ता नैतिकता भएको नेता वा प्रधानमन्त्री त्यसपछि पाएन ।
यसै दुर्घटनाको यो सानो भिडियो हेर्नुहोला ।
















