राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा `सिबिसिटी´ मेसिन जडान

२८ साउन, दाङ

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक दातसहित सम्पूर्ण मुखको सिटि स्क्यान गर्ने अत्याधुनिक सिबिसिटी (CBCT) मेसिन जडान भएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार आपूर्ति महाशाखाले यो मेसिन प्रतिष्ठानमा पठाएको हो।

बायोमेडिकल इन्जिनियर शरद भण्डारीका अनुसार, सिबिसिटी मेसिन दात र मुखको उपचारमा ठूलो सहयोग पुर्याउनेछ। मेसिनको जडान कार्य पूरा भइसकेको र अबदेखि यहाँका सेवाग्राहीले नियमित रूपमा यसको सुविधा प्राप्त गर्न सक्ने भण्डारीले बताए।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले भने, “स्वास्थ्य मन्त्रालयको सहयोगमा मेसिन प्राप्त भएपछि दात र मुखको शल्यक्रियामा यसले अत्यन्तै उपयोगी हुने छ।” अस्पतालका निमित्त निर्देशक प्राडा जनार्दन पन्थिले पनि मेसिन ल्याउन धेरै मेहनत भएको र यसको पूर्ण सदुपयोग गरिने बताए।

दन्त रोग विशेषज्ञ डा. निरोज खनालका अनुसार, यो मेसिनले दात मात्र नभई मुखको पुरै भागको सिटि स्क्यान गर्न सकिन्छ र थ्री-डी इमेज पनि हेर्न सकिनेछ। यसले उपचार प्रक्रियामा समय र प्रयास दुवै बचत हुने विश्वास गरिएको छ।

यस मेसिनसँगै प्रतिष्ठानमा नयाँ इन्डोस्कोपी मेसिन पनि उपलब्ध भएको छ, जसले सेवाग्राहीलाई थप सुविधा दिनेछ। पश्चिम नेपालमा सरकारी अस्पतालमा यस्तो अत्याधुनिक प्रविधि पहिलोपटक उपलब्ध भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation