एनपीएल : आज सुदूरपश्चिम र पोखरा भिड्दै

५ मंसिर, काठमाडौं

नेपाल प्रिमियर लिग एनपिएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ।

पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनले हारेको पोखरा पहिलो जितको खोजीमा रहँदा साबिक उपविजेता सुदूरपश्चिम जितको लय कायम राख्ने लक्ष्यमा छ।

गत संस्करणको खराब प्रदर्शन बिर्साउने लक्ष्यमा रहेको पोखरा एभेन्जर्सको यो संस्करण पनि सुखद हुन सकेन।

प्रतियोगिताको तेस्रो तथा आफ्नो पहिलो खेलमा विराटनगरसँग ५३ रनको फराकिलो अन्तरले हारेको पोखरा पुनरागमनको प्रतिक्षामा छ। एनपिएल इतिहासमै सर्वाधिक उच्च २२१ रनको लक्ष्य पछ्याएको पोखराका लागि आशा गरिएका जिम्मी निसमबाट साथ नपाए पनि कप्तान कुशल भुर्तेल भने अर्धशतक बनाउन सफल भए।

यता, अप्रत्यासित प्रदर्शन गर्दै काठमाडौं गोर्खाजविरुद्ध २९ रनको रवाफिलो जित निकालेको सुदूरपश्चिम विजयी यात्रा जारी राख्न चाहन्छ। यस पटकको बलियो दाबेदार सुदूरपश्चिमले खराब सुरुवातका बाबजुद मध्यक्रमले ब्याटिङ सम्हाल्दा बलिङमा एक पक्षीय प्रदर्शन गर्यो।

गत संस्करण पोखरा र सुदूरपश्चिमबीच लिग चरणमा एक खेल भएको थियो। जहाँ सुदूरपश्चिमले ५ रनको झिनो अन्तरको जित

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation