लुम्बिनी पुग्यो प्लेअफमा, बाहिरिए जनकपुर, चितवन र पोखरा

१९ मंसिर, काठमाडौं

लुम्बिनी लायन्सले जनकपुरलाई ४ विकेटले हराएसँगै लुम्बिनी प्लेअफमा पुगेको छ।

जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा १३६ रन बनायो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। डि.आर्की सर्ट ३०, जेजे स्मिथ २१, निरोशन डिकवेल्ले १७, सुमीत महर्जन र सन्दीप जोरा शून्यमा आउट भए। दीलिप नाथ १५ र रुबेन ट्रुम्पेल्मनले ६ रनमा अविजित रहे।

जनकपुरका लागि संगीत कुरे तीन, मयन यादवले दुई विकेट लिए भने संजय कृष्णमुर्तीले एक विकेट लिए।

टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले ६ विकेट गुमाएर १३२ रन बनायो।  जनकपुरका लागि संगीत कुरेले सर्वाधिक ४५ र मयन यादव २७ रनमा अविजित रहे। त्यस्तै, आसिफ शेख २०, सन्जय कृष्णमुर्ती १४, शुभ कंसकार ११, अनिल साह ७, माझ सदाकत ६ रनमा आउट हुँदा कप्तान जन निकल लफ्टी इटन शून्यमा पेभेलियन फर्किए।

लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहित पौडेलले समान दुई दुई विकेट लिए भने जेजे स्मिथ र रुबेन ट्रुम्पेल्मन्ले समान एकएक विकेट लिए।

लुम्बिनीको विजयसँगै  जनकपुर बोल्ट्स, पोखरा एभेञ्जर्स र चितवन राइनोजको प्लेअफको सम्भावना समाप्त भएको छ। कर्णाली याक्स भने यसअघि नै प्लेअफको दौडबाट बाहिर गइसकेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation