जेनजी आन्दोलन : अदालत र कारागारमा आगजनी गरेको आरोपमा १० जना पक्राउ

 

२६ मंसिर, धनगढी

२४ भदौको जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि १० जनालाई पक्राउ गरेको छ ।

अदालतमा ६ जना र कारागार आगजनीमा संलग्न भएको आरोपमा थप ४ जना गरी १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए ।

उनका अनुसार अदालत र कारागारमा आगजनीमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो।

अदालतमा आगजनी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका– ३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भएर धनगढी– ३ मा बस्ने २४ वर्षीय भरत बम, धनगढी–७ का एलेक्स चन्द, लक्ष्मण बहादुर विष्ट र धनगढी–१ मनोज विष्टलाई पक्राउ गरिएको छ।

पक्राउ परेका उनीहरुमाथि आन्दोलनको बलमा जिल्ला अदालतमा प्रवेश गरेर परिसरभित्रका सवारीसाधन, कार्यालय भवन, कार्यालय भवनभित्र रहेका विभिन्न मुद्दाका सक्कलै मिसिल, कम्प्युटर लगायत सूचना प्रविधिका उपकरणहरुमा आगजनी र तोडफोड गरेको अभियोग छ।

जिल्ला अदालतले घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा प्रहरीले अहिले ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ। उक्त प्रकरणमा संलग्न अन्यको पनि खोजी जारी राखिएको छ ।

यस्तै, जिल्ला कारागारमा आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा धनगढी–२ का २८ वर्षीय गोपाल भट्ट, धनगढी– ३ का जेम्स भनिने सुरज कटुवाल, धनगढी– ९ का ४० वर्षीय बसन्तराज जोशी र १९ वर्षीय अंकित सक्सेना रहेका छन् । उनीहरुलाई समेत हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation