एक महिलाको खुकुरी प्रहार गरि हत्या

७ साउन, काठमाडौं

तेह्रथुमको आठराई नगरपालिका ६ सिमखर्कमा एक महिलाको हत्या भएको छ । स्थानीय ५१ वर्षीया रूपा लिम्बूको गएराति हत्या भएको हो ।

गए राति ११ बजे सोही स्थानका ३८ वर्षीय कृष्ण बहादुर लिम्बूले रूपालाई घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

खुकुरी प्रहारको कारण खुलेको छैन । प्रहरीले कृष्ण बहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation